Aamsanchar

घाईते अर्थमन्त्री र पोखरा महानगरपालिकाका मेयरको काठमाडौंमा उपचार सुरु

Author Image
शनिवार, फागुन ३, २०८१

काठमाडौं । पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष’ को उद्घाटन समारोहले अप्रत्याशित मोड लिँदा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका छन्।

सो कार्यक्रममा बेलुन पड्किँदा अचानक आगलागी भई दुबै जना घाइते भएका हुन्। घटनालगत्तै पौडेल र आचार्यलाई स्थानीय अस्पतालमा प्रारम्भिक उपचार गरिएपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो।

हाल दुबै जनाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ। पौडेलको हातमा चोट लागेको छ भने मेयर आचार्यको अनुहार र कपालको केही भाग जलेको बताइएको छ।

घटनापछि गण्डकी मेडिकल कलेज र फिस्टेल अस्पतालमा प्राथमिक उपचार गरिएको थियो। कास्की जिल्ला प्रहरी कार्यालयका एसपी श्यामनाथ ओलियाका अनुसार दुबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

यो घटना पर्यटन प्रवर्द्धनका लागि आयोजना गरिएको कार्यक्रममा भएको अप्रिय दुर्घटनाका रुपमा हेरिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 41

प्रतिक्रिया (०)

सम्बन्धित खबर