Aamsanchar

मःम पसलमा भएको ग्यास सिलिण्डर विस्फोटमा मृत्यु हुनेको संख्या चार पुग्यो

Author Image
आइतवार, फागुन ४, २०८१

काठमाडौं – कमलपोखरीस्थित एक मःम पसलमा भएको ग्यास सिलिण्डर विस्फोटमा घाइते भएका अर्का एकजनाको पनि उपचारका क्रममा मृत्यु भएको छ ।

काभ्रे बेथानचोक गाउँपालिका ढुङ्खर्क घर भई कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामाको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको गएराति करिब पौने १२ बजे उनको मृत्यु भएको हो ।

यससँगै ग्यास सिलिण्डर विस्फोटबाट मृत्यु हुनेको संख्या चार पुगेको छ। यसअघि गत सोमबार दुईजनाको र शुक्रबार एकजनाको मृत्यु भएको थियो।मकवानपुरका १८ वर्षीय रविन राई र उदयपुरका २५ वर्षीय भीम बहादुर घले मगर (नवीन) को उपचारका क्रममा मृत्यु भएको थियो । यस्तै उदयपुरका २२ वर्षीय प्रदीप तामाङको मृत्यु भएको थियो ।

गत माघ २४ गते बिहान पौने ९ बजेको समयमा ग्यास सिलिण्डर विस्फोट भएको थियो। विस्फोटमा परी १४ जना घाइते भएका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर