




काठमाण्डौ – गएको बुधवार नगरकोटमा वनभोज खाएर फर्कँदै गरेका विद्यार्थी तथा शिक्षकहरू चढेको बस दुर्घटनामा परी थप एक जनाको ज्यान गएको छ ।

सिन्धुपाल्चोकको लिसङ्खु पाखर गाउँपालिका वडा नम्बर ६ घर भई अहिले काठमाण्डौको बौद्ध बस्ने १० वर्षीय सनसाइन तामाङको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ । यसअघि दुई विद्यार्थी र एक शिक्षक गरी तीन जनाको ज्यान गएको थियो ।


माघ ३० गते बुधवार नगरकोटमा वनभोज खाएर फर्किँदै गर्दा एसएस एकेडेमीको बा २ ख ७९५८ नम्बरको स्कुल बस काठमाण्डौको शङ्खरापुर नगरपालिका वडा नम्बर ५ मा दुर्घटनामा परेको हो ।


बसमा ४६ जना रहेकामा ३२ जना उपचारपछि घर फर्किएका छन् । १० जनाको उपचार भइरहेको छ । उपचार गराइरहेकामध्ये पनि तीन जनाको अवस्था गम्भीर छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 400