Aamsanchar

भन्सार छली ल्याइएको मोटरसाइकल सहित एक जना पक्राउ

Author Image
आइतवार, फागुन ४, २०८१

काठमाडौँ — काठमाडौँको गोकर्णेश्‍वर नगरपालिका २ बाट गत शुक्रबार भन्सार छली ल्याइएको मोटरसाइकल सहित एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका १६ चिसापानी घर भई काठमाडौँको थली बस्ने २२ वर्षीय सुजल गुरुङ रहेका छन् ।

गुरुङले चलाई हिँडेको अवस्थामा प्रदेश ३-०२-०२० प ९८ ७९ नम्बरको केटीएम ड्युक मोटरसाइकल फेला पारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । अनुसन्धानको सिलसिलामा उक्त मोटरसाइकल विगतमा भन्सार चोरी पैठारी गरी आएको खुलेको थियो ।

यसबारे थप अनुसन्धान एवम् आवश्यक कारबाहीको लागि मोटरसाइकल सहित नियन्त्रणमा आएका गुरुङलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरण पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जय बहादुर राउतले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 180

प्रतिक्रिया (०)

सम्बन्धित खबर