Aamsanchar

वडा सचिवकाे घाँटी ङ्याक्दै झापड हान्ने वडाध्यक्षलाई १० दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति

Author Image
मङ्गलवार, फागुन ६, २०८१

पोखरा – वडा सचिवमाथ आक्रमण गरेको अभियोगमा प्रक्राउ परेका बन्दीपुर गाउँपालिका–६ का वडाध्यक्ष बलबहादुर गुरुङलाई १० दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति मिलेको छ ।

आफ्नै वडाका सचिव नवीन भुसाललाई घाँटी ङ्याक्दै झापड हानेको घटना सार्वजनिक भएर चौतर्फी दबाब भएपछि वडाध्यक्ष गुरुङ सोमबार पक्राउ परेका थिए ।

गाउँपालिकाले कानुनअनुसार कारबाही गर्न पत्राचार गरेको भए पनि पीडित भुसालले चितवनबाटै कुटपिट तथा अभद्र व्यवहारमा मंगलबार किटानी जाहेरी दिएका थिए ।

किटानी जाहेरीकै आधारमा प्रहरीले कुटपिट तथा अभद्र व्यवहारको मुद्धामा जिल्ला प्रशासन कार्यालय तनहुँबाट १० दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजु अधिकारीले जानकारी दिए ।

‘कुटपिट र अभद्र व्यवहारमा १० दिनको म्याद थपेर थप अनुसन्धान थालिएको छ,’ उनले भने ।

वडाध्यक्ष कप भलिबल प्रतियोगिताको बिल पास नगरेको भन्दै वडाध्यक्ष गुरुङ सचिवमाथि ज्यानै मार्ने धम्कीसहित आक्रमणमा उत्रिएको अरोप पीडितको छ । घटना सार्वजनिक भएपछि चौतर्फी आलोचना भएको थियो ।

पीडित भुसालले आफूलाई घाँटीमा थिचेर झ्यामरझ्याम झापड हानेको र हतियार नै लिएर आउँछु भनेर निस्किएपछि आफू भागेर प्रमुख प्रशासकीय अधिकृतलाई सम्पर्क गरेको बताएका थिए ।

भुसालमाथि आक्रमण भएर घाँटी र गालामा निलडाम भएको थियो भने स्वासप्रश्वासमा समेत समस्या भएपछि बन्दीपुर अस्पतालबाट चितवन मेडिकल कलेजमा उपचारका लागि पठाइएको थियो ।

कर्मचारीहरुले कारबाही नगरेसम्म सेवा नै ठप्प पार्ने बताएका थिए भने मंगलबार देशका विभन्न पालिकाहरुमा हातमा कालोपट्टी बाँधेर घटनाको विरोध गरिरहेका छन् ।

दोषीमाथि कारबाही गरेर शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन कर्मचारीको माग थियो । कर्मचारीसँग सम्बन्धित संघसंगठनहरूले पनि दाषीमाथि कारबाही गर्न माग गरेका थिए ।

पक्राउ परेका वडाध्यक्षले भने सोमबार नै खुलेआम सचिवमाथि आक्रमण गरेको प्रतिक्रिया दिएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 196

प्रतिक्रिया (०)

सम्बन्धित खबर