Aamsanchar

ताप्लेजुङमा बृद्धलाई कुटपिट गरी हत्या गर्ने युवक पक्राउ

Author Image
मङ्गलवार, फागुन ६, २०८१

फुङलिङ- ताप्लेजुङमा बृद्धलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका –४ इखाबुका २२ बर्षिय सुवास लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार लिम्बूले इखाबु खुपातालका स्थानीय ५६ बर्षिय बृखबहादुर लिम्बूलाई मुक्काले टाउकोमा संवेदनशील अङ्गमा प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ गरिएको हो । गत माघ ३ गते खुपातालस्थित छत्रप्रसाद लिम्बूको सुद्धयाइ कार्यमा दुई जनाबिच विवाद हुँदा युवकले बृद्धलाई मुक्का प्रहार गरेको स्थानीयले बताएको प्रहरीको भनाइ छ । शवको पोष्टमार्टमसहितका प्रक्रिया पूरागरी परिवारलाई जिम्मा लगाएको समेत प्रहरीले जनाएको छ ।

उनीमाथि फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४ बमोजिम ज्यानसम्बन्धी कसुरमा ताप्लेजुङ जिल्ला अदालतबाट ७ दिनको म्याद लिइ अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 114

प्रतिक्रिया (०)

सम्बन्धित खबर