Aamsanchar

धरानमा पक्राउ परेकी बेघालाई हिरासतमा राख्न ४ दिनको म्याद थप

Author Image
बिहिवार, फागुन ८, २०८१

धरान – सुनसरीको धरान उपमहानगरपालिकामा सामाजिक सञ्जालमा अफाह फैलाएर शान्ति सद्भाव भड्काएको अभियोगमा पक्राउ परेकी सिर्जना बेघालाई हिरासतमा राख्न ४ दिनको म्याद थप गरिएको छ। इलाका प्रहरी कार्यालय धरानले सिर्जनालाई मुलुकी अपराध संहिता २९७४ को परिच्छेद २ को सार्वजनिक शान्ति विरुद्धको कसुर अन्तर्गत झूटा अफवाह फैलाउन नहुने कसुरमा मुद्दा दर्ता गरि कारबाही प्रक्रिया अगाडि बढाइएको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए।

सामाजिक सञ्जालमा अफाह फैलाएर धरानको शान्ति सद्भाव भडकाएको, अवैध चन्दा अशुली कार्यमा सम्लग्न रहेको भन्दै प्रहरीले बुधवार सिर्जनालाई पक्राउ गरेको थियो। बर्षदिन अगाडिदेखि सिर्जनाले धरानको शान्ति सद्भाव भडकाउन कानुन विपरीत सार्वजनिक स्थलमा गोरु काटेर भोज खाएको भिडियो सामाजिक सञ्जालमा हालेको र इलाका प्रहरी कार्यालयको गेटमा तोडफोड गरेको साथै पत्रकार सन्जिता धमलामाथि आक्रमण गरेको अभियोगमा पनि सिर्जना पक्राउ परेकी थिइन्।

पहिचान पक्षधर सिर्जनाले सामाजिक सन्जालको दुरुपयोग गरि सामाजिक एकता, सद्भाव र शान्ति सुरक्षा भड्काउन निरन्तर लागेकाले उनलाई पक्राउ गरिएको एसपी तिम्सिनाले बताएका छन्।

इलाका प्रहरी कार्यालय धरानको हिरासतमा रहेकी सिर्जनालाई जिल्ला अदालतबाट म्याद थप गरिएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा सारिएको छ। सिर्जना पक्राउ परेपछि धरानमा पहिचान पक्षधरहरू आक्रोशित भएका छन्। किरात याक्थुम चुम्लुङ धरानका अध्यक्ष तीर्थ लिम्बुले सिर्जना र कालोमोसो घटनामा पक्राउ परेका सुमन चेम्जोङ्लाई बिनासर्त रिहाइ गर्न माग गरेका छन्।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 329

प्रतिक्रिया (०)