Aamsanchar

केबलकार निर्माणकाे विपक्षमा रहेको समूहको पदयात्रा

Author Image
बिहिवार, फागुन ८, २०८१

विराटनगर – ताप्लेजुङको पाथीभरा मन्दिरसम्म पुग्ने केबलकार निर्माण प्रक्रियाको विपक्षमा रहेको समूहको पदयात्रा सुरु भएको छ । मुक्कुम्लुङ संयुक्त संघर्ष समितिले बिहीबार ‘पाथीभरा केबलकार’ निर्माणको विरोधमा पदयात्रा सुरु गरेको हो ।

ताप्लेजुङमा केबलकार निर्माण गर्न नहुने भन्दै समितिले विरोधका कार्यक्रमहरुरू संचालन गरिरहेको छ । केहीअघि ताप्लेजुङको कन्छिथानबाट पदयात्रा सुरु भएको लिम्बूवानका नेता दिलकुमार लावतीले जानकारी दिएका छन् । पदयात्रा काफ्लेपाटी पुगेर विरोधसभामा परिणत हुनेछ । उनले भने, “पदयात्रामा पहिचानवादी नेताहरू सहभागी हुनुहुन्छ ।”

काठमाडौंमा पत्रकार सम्मेलन गरी घोषणा गरिएको आन्दोलनका कार्यक्रमअन्तर्गत पदयात्रा सुरु गरिएको समितिले जनाएको छ । पाथीभरा क्षेत्रमा केबुलकार निर्माण गर्दा मुन्धुमी संस्कृतिमा असर गर्ने र त्यसले पर्यावरणमा समेत नकारात्मक प्रभाव पर्ने भन्दै विरोध भइरहेको छ । माघमा आन्दोलनका क्रममा संघर्षरत पक्षका पाँचजना घाइते भएपछि संघीय सरकारले वार्तासमेत गरेको थियो ।

तर, सहमति हुन नसकेपछि ‘नो केबलकार’ पक्षले पुनः आन्दोलन घोषणा गरेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 114

प्रतिक्रिया (०)

सम्बन्धित खबर