Aamsanchar

माघ महिनामा आगलागीमा परी २२ जनाको ज्यान गयाे

Author Image
शुक्रवार, फागुन ९, २०८१

काठमाण्डौ – माघ महिनामा आगलागीमा परी २२ जनाको ज्यान गएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार माघमा देशभर ४ सय ७८ वटा आगलागीका घटना हुँदा २२ जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा ११ पुरुष, १० महिला र एक बालक रहेका छन् ।

माघमा आगलागीमा परी २६ पुरुष, ५४ महिला, चार बालक र तीन बालिका गरी ८७ जना घाइते भएका छन् । आगलागीमा परी दुई सय ४७ चौपाया मरेका प्रहरीले जनाएको छ ।

माघ महिनामा प्रदेशगत रूपमा सबैभन्दा धेरै कोशी प्रदेशमा एक सय २९ वटा आगलागीका घटना भएका छन् । यस्तै मधेशमा ८९, बाग्मतीमा ४२, गण्डकीमा ३९, लुम्बिनीमा ६३, कर्णालीमा ३२ र सुदूरपश्चिममा ४७ वटा आगलागीका घटना भएका प्रहरीको तथ्याङ्क छ । यसैगरी काठमाण्डौ उपत्यकामा ३७ वटा आगलागीका घटना भएका छन् । माघमा आगलागीबाट ६८ घर र ६६ गोठमा क्षति पुग्दा १७ जना विस्थापित भएका प्रहरीले जनाएको छ । आगलागीका घटनाबाट एक महिनामा १८ करोड ४८ लाख ८१ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीको तथ्याङ्क छ ।

यस वर्ष हिउँद सुक्खा हुँदा आगलागी र डढेलोका घटना बढ्न थालेका छन् । सुक्खा मौसममा डढेलो लाग्ने र फैलने जोखिम उच्च हुन्छ । यसले वनमा मात्र क्षति नगरी बस्तीमा पसेर आगलागी निम्त्याउँछ । नेपालमा मनसुन भित्रिने बेला अर्थात् जेठ अन्तिमसम्म नै यस्ता घटना हुँदै आएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव एवम् डढेलो विज्ञ सुन्दरप्रसाद शर्माका अनुसार लामो समय पानी नपर्दा सुक्खा हुने र असावधानीका कारण डढेलो र आगलागीका घटना धेरै हुने गरेको पाइएको छ ।

पछिल्ला वर्ष जलवायु परिवर्तनका कारण प्राकृतिक विपद्का घटना बढिरहेकोतर्फ सम्बन्धित निकायले ध्यान दिएर विद्यमान कानूनलाई परिमार्जनसहित समयानुकूल बनाउनुपर्ने उहाँको सुझाव छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 40

प्रतिक्रिया (०)

सम्बन्धित खबर