Aamsanchar

धरानबाट लागुऔषधसहित तीनजना पक्राउ

Author Image
शुक्रवार, फागुन ९, २०८१

धरान – लागुऔषधसहित प्रहरीले धरानबाट तीनजना कारोबारीलाई पक्राउ गरेको छ । बिहीबार राति धरान उपमहानगरपालिका-१५ स्थित निराजन बस्तिबाट लागुऔषधसहित उनीहरूलाई पक्राउ गरेको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए ।

पक्राउ पर्नेमा धरान-१५ का मन्दिप राई,सन्दिप राई र करण थापा रहेको एसपी तिम्सिनाले बताए । उनीहरूको साथबाट लागुऔषध ट्रामाडोल ७ सय ८५ ट्याब्लेट र स्पास्पेन ८ सय ३५ ट्याब्लेट बरामद भएको हो।

उनीहरूलाई इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)