Aamsanchar

पाथीभरा क्षेत्रमा यस वर्षकै बाग्लो हिमपात

Author Image
शनिवार, फागुन १०, २०८१

ताप्लेजुङ – ताप्लेजुङको पाथीभरा (मुकुमलुङ)क्षेत्रमा यस वर्षकै बाग्लो हिमपात भएको छ । गएराति तीन हजार सात सय ९४ मिटर उचाइमा रहेको पाथीभरालगायतका क्षेत्रमा बाक्लो हिमपात भएको हो ।

पाथीभरा क्षेत्र विकास समितिका कर्मचारीसमेत रहेका स्थानियबासी राजेन्द्र महतका अनुसार यसअघि पुसमा पहिलो पटक र फागुन पहिलो हप्ता दोस्रो पटक पाथीभरा क्षेत्रमा सामान्य हिमपात भएको थियो ।

गएराति भने निकै बाग्लो हिमपात भएको छ । पाथीभरा क्षेत्रमा बाग्लो हिमपात परे पनि दर्शन गर्न पुग्ने तिर्थयात्रीलाई खासै असर नपरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताउनुभयो ।

उहाँका अनुसार पाथीभराधामबाट झन्डै दुई किलोमिटर पदमार्गमा फाइवरको छानो लगाएकाले हिमपात भए पनि तिर्थयात्री सहजै पाथीभरा धामसम्म जान सक्छन् ।

पाथीभरा क्षेत्र विकास समितिका अनुसार आज अहिलेसम्म झन्डै तीन सय जना तिर्थयात्रीले पाथीभरा धामको दर्शन गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 96

प्रतिक्रिया (०)

सम्बन्धित खबर