Aamsanchar

शनिश्चरे–जयपुर सडक खण्डमा दुर्घटना, एक जनाको ज्यान गयो

Author Image
शनिवार, फागुन १०, २०८१

झापा । झापाको बुद्धशान्ति गाउँपालिका–२, खतिवडा चौकमा मोटरसाइकलको ठक्करबाट ७५ वर्षीया वृद्धाको ज्यान गएको छ। शनिबार दिउँसो ३ बजे जयपुर–शनिश्चरे सडकखण्डमा मे।९ प। ७४८२ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी इन्द्रमाया कार्कीलाई ठक्कर दिएको थियो।

गम्भीर घाइते भएकी कार्कीलाई तत्कालै उपचारका लागि बिर्तामोडको बीएन्डसी अस्पताल पठाइएको थियो। तर, अस्पताल पुग्नासाथ ३स्५० बजे चिकित्सकले उनलाई मृत घोषणा गरे।

दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार बुद्धशान्ति–७ का २४ वर्षीय रविन गड्तौलाले पनि हातखुट्टामा चोट पाएका छन्। उनको बुधबारेस्थित सिटी अस्पतालमा उपचार भइरहेको छ।

यस्तै, मोटरसाइकल चालक इलाम सूर्योदय नगरपालिका–१० का २१ वर्षीय भुवन न्यौपानेलाई इलाका प्रहरी कार्यालय बुधबारेले नियन्त्रणमा लिएको छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 103

प्रतिक्रिया (०)

सम्बन्धित खबर