Aamsanchar

मधेस सरकारको वेथितिविरुद्ध संघर्ष गर्ने राजेन्द्र महतोको भनाई

Author Image
सोमवार, फागुन १२, २०८१

काठमाडौँ – राष्ट्रिय मुक्ति पार्टी, नेपालका अध्यक्ष राजेन्द्र महतोले चुरे दोहन, वन विनाश तथा मधेस सरकारको वेथितिविरुद्ध संघर्ष गर्ने बताएका छन्।

सोमवार काठमाडौँमा आयोजित पार्टीको प्रथम केन्द्रीय कार्यसमितिको विस्तारित बैठकमा उनले यस्तो बताएका हुन्।

उनले काठमाडौँ उपत्यकामा भइरहेको गैरन्यायिक सडक विस्तारको विरुद्धमा पनि संघर्ष जारी राख्ने बताए।

चुरे दोहन, वन विनास तथा मधेस सरकारको वेथितिविरुद्ध पार्टीले गरेको आन्दोनलका विषयमा परिषद बैठकमा छलफल हुने उनको भनाइ छ।

विस्तारित बैठकमा अध्यक्ष महतोलगायत केन्द्रीय परिषद् सदस्यहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए। विविध विषयमा छलफल तथा निर्णय गर्न सोमवार बसेको परिषद् बैठक मंगलवारसम्म जारी रहने पार्टीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 80

प्रतिक्रिया (०)

सम्बन्धित खबर