Aamsanchar

उदयपुरमा जापान सरकारको सहयोगमा निर्मित विद्यालय भवन हस्तान्तरण

Author Image
सोमवार, फागुन १२, २०८१

उदयपुर- लेखानी गाउँपालिकास्थित चन्द्रावती माध्यमिक विद्यालयले नयाँ भवन पाएको छ । जापानका राजदूत तोरु मायदाले जापान सरकारको ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्टअन्तर्गत करिब ८५ लाख रुपैयाँ सहयोगमा निर्मित भवन हस्तान्तरण गरे । राजदूत तोरुले नयाँ भवनले विद्यार्थी र शिक्षकहरूको सिकाइ वातावरणमा महत्वपूर्ण सुधार ल्याउने विश्वास व्यक्त गरे।

यहाँ विद्यार्थीहरु ३५ वर्षभन्दा पुराना भवनमा पढ्दै आएका थिए । नयाँ निर्माण गरिएको दुई वटा एकतले भवनमध्ये एउटामा २ कक्षाकोठा र अर्कोमा ३ कक्षाकोठा रहेका छन् । दुवै भवनमा छात्र-छात्राका लागि शौचालयसमेत रहेको छ । यहाँ ३ सय ३० विद्यार्थी अध्ययनरत छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 20

प्रतिक्रिया (०)