




स्याङ्जा – पूर्वराजा ज्ञानेन्द्र शाह स्याङ्जा आएका छन्। उनी आफ्नी बहिनी र छोरीका साथ सोमबार स्याङ्जा आएका हुन्। सोमबार उनीहरू वालिङ्मा बसेका हुन्।

कालीगण्डकी गाउँपालिका -३ मा रहेको शाहबंशीय कुलमन्दिर आलमदेवीको पूजाका लागि यहाँ आएको शाहको सचिवालयले जनाएको छ। मंगलबार बिहान कुलदेवता आलमदेवी मन्दिरमा रुद्रीपुजनसहितको पुजाअर्चनापछि फर्किने बताइएको छ।

वालिङमा स्वागतका लागि बसेका उनका समर्थकहरूले ´राजा आउ देश बचाउ`भन्दै नारा लगाएका थिए।


यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 116