Aamsanchar

काठमाडौंबाट ओखलढुंगाका लागि छुटेको बस दुर्घटना

Author Image
मङ्गलवार, फागुन १३, २०८१

काभ्रे – काठमाडौंबाट ओखलढुंगाका लागि छुटेको बस काभ्रेमा दुर्घटना भएको छ। रामेछापको धोबी, ढाँडे हुँदै ओखलढुंगाको पोकली हिँडेको अरनिको यातायातको प्रदेश ३, ००१-००५ ख ९९४२ नम्बरको बस आज बिहान धुलिखेल न.पा.१० सारादा बतासेस्थित वि।पि। राजमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

आफैँ अनियन्त्रित भई सडकको नालीमा पल्टिएर बस दुर्घटना हुँदा बसमा सवार चालक र सह-चालकसहित१७ जना घाइते भएका हुन्। उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। बसमा २४ जना यात्रु सवार रहेका थिए। घाइतेहरूमध्ये चालक र सह-चालक गम्भीर घाइते भएका छन्।

थप विवरण आउन बाँकी छ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर