



काठमाडौं – अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका लागि घरेलु टोली नेपाल र म्यानमारबीच बुधबार प्रतिष्पर्धा हुँदैछ । फाइनल खेल बुधबार साँझ ६ बजे दशरथ रंगशाला त्रिपुरेश्वरमा सुरू हुने एन्फाले जनाएको छ ।

फाइनल खेलअघि दुई देशका टीमले उपाधी जित्ने दावी गरेका छन् ।


फाइनल खेलका लागि एन्फाले टिकटको दर समेत बढाएको छ । एन्फा प्रवक्ता सुरेश शाहले भीआईपीतर्फको २ हजार र सामान्यतर्फको १ हजार दर कायम गरिएको र पाँच वर्षमाथिका सबैलाई टिकट लाग्ने व्यवस्था गरिएको जानकारी दिए ।


प्रतियोगीताको सुरक्षालाई चूस्तदुरुस्त बनाइएको र तयारी राम्रो भएको उनको भनाइ छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 95