



झापा – झापामा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ।

मंगलबार दिउँसो १२:५५ को समयमा हुलाकी राजमार्ग अन्तर्गत गौरीगन्ज गाउँपालिका-१ स्थित कुञ्जिबारीबाट धानगडातर्फ जाँदै गरेको बा ६५ प ८७८६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडक किनारको पिलरमा ठोकिँदा दुर्घटना भएको थियो।


दुर्घटनामा परी मोटरसाइकल चालक शिवसताक्षी नगरपालिका-४ का १७ वर्षीय सुरज राजवंशी घाइते भएका थिए। शरीरको विभिन्न चोट लागेका राजवंशीको उपचारको क्रममा दमक अस्पतालमा २स्१५ बज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।


यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
1
+1
Views: 781