Aamsanchar

 अडियो प्रकरणपछि तनावमा परेका मन्त्रीका स्वकीय सचिवले विष सेवन गरी मृत्युवरण गरे

Author Image
बुधवार, फागुन १४, २०८१

मकवानपुर । बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको असामयिक निधन भएको छ। सोमबार काठमाडौँको कलंकीस्थित अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो।

प्रहरीका अनुसार, ३६ वर्षीय थापाले सोमबार दिउँसो २ बजे कलंकीस्थित एक साथीको डेरामा विषादी सेवन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। अचेत अवस्थामा फेला परेपछि उनलाई सहिद मेमोरियल अस्पताल लगिएको थियो, जहाँ साँझ ६:३८ बजे चिकित्सकले मृत घोषणा गरे।

स्वकीय सचिवका नाममा विवादास्पद अडियो
थापाको निधनसँगै सार्वजनिक भएको एक अडियो क्लिपले घटना थप पेचिलो बनाएको छ। सुमेरु सहकारीसँग सम्बन्धित विवादमा उनको नाम जोडिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। सो सहकारीलाई गत पुस २८ गते समस्याग्रस्त घोषित गरिएको थियो, जसका विरुद्ध सर्वोच्च अदालतमा रिट समेत दायर गरिएको छ।

पत्रमा उल्लेखित विवरण
थापाको साथबाट फेला परेको एक पत्रमा सहकारीको लेनदेनका कारण आफूलाई मानसिक तनाव परेको र त्यसले प्रतिष्ठामा असर पु¥याएको उल्लेख छ। मन्त्री श्रेष्ठले भने सो अडियो सम्पादन गरी सचिवालयलाई बदनाम गर्न खोजिएको दाबी गरेका छन्।

हाल, घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरी वृत्त कालिमाटीले जनाएको छ। मृतकको शव टिचिङ अस्पतालमा राखिएको छ भने यस घटनाले राजनीतिक तथा सहकारी क्षेत्रमा चर्चा ल्याएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 280

प्रतिक्रिया (०)

सम्बन्धित खबर