Aamsanchar

पुल भत्किँदा दक्षिण कोरियामा ४ जनाको मृत्यु, ६ जना घाइते

Author Image
बुधवार, फागुन १४, २०८१

दक्षिण कोरियाको राजमार्ग निर्माण स्थलमा मंगलबार पुल भत्किँदा चारजना कामदारको मृत्यु भएको छ। अन्य ६ जना घाइते भएको अग्नि नियन्त्रण अधिकारीहरूले बताएका छन्।

पुलमाथि राखिएको चार वा पाँच प्लेटहरू मिलेर बनेको संरचना सियोलबाट लगभग ६५ किलोमिटर दक्षिणमा रहेको आन्सेओङमा रहेको राजमार्ग निर्माण स्थलमा भत्किएको थियो।

जमिनमा लडेर भग्नावशेषमा पुरिएका १० जना कामदारमध्ये चार जनाको मृत्यु भएको पुष्टि भएको छ। अन्य पाँचजना गम्भीर घाइते भएका छन् भने एक जना सामान्य घाइते भएका छन्। क्रेन प्रयोग गर्ने र माथिल्लो प्लेटहरूलाई खाँबोहरू बीच जोड्ने क्रममा भत्किँदा दुर्घटना भएको हो।

अग्नि नियन्त्रण अधिकारीहरूले उद्धार कार्यका लागि ९२ वटा उपकरण र लगभग १७० जना कर्मचारी परिचालन गरेका छन्।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 63

प्रतिक्रिया (०)

सम्बन्धित खबर