Aamsanchar

५० लाख अमेरिकी डलरमा ‘ट्रम्प गोल्ड कार्ड’ भिसा दिने घोषणा

Author Image
बुधवार, फागुन १४, २०८१

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ट्रम्प गोल्ड कार्ड’ नामक नयाँ लगानीकर्ता भिसा कार्यक्रम घोषणा गर्नुभएको छ । विद्यमान ईबी–फाइभ भिसालाई प्रतिस्थापन गर्न अमेरिकी राष्ट्रपति ट्रम्पले धनी आप्रवासीहरूका लागि नयाँ गोल्ड कार्ड लगानीकर्ता भिसा कार्यक्रम शुरू गर्ने घोषणा गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्मयले जनाएका छन् ।

राष्ट्रपति ट्रम्पले शुरू गर्नुभएको यो गोल्ड कार्ड भिसाका लागि ५० लाख अमेरिकी डलर अर्थात् झन्डै ७० करोड रुपैयाँ लगानी गर्नुपर्नेछ । यसको अर्थ जोसँग यति धेरै पैसा छ उसले तुरुन्तै अमेरिकाको भिसा पाउनेछ ।

यो भिसालाई ग्रीन कार्ड प्रिभिलेज प्लस पनि भनिएको छ र यो आउँदो दुई हप्तामा शुरू हुनसक्ने खबरमा उल्लेख छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भविष्यमा १० लाख गोल्ड कार्ड बेच्ने बताउनुभएको छ । यस पहलको उद्देश्य ३५ वर्ष पुरानो ईबी–फाइभ भिसा कार्यक्रमलाई प्रतिस्थापन गर्नु हो जसलाई अमेरिकाले सन् १९९० मा विदेशी लगानीकर्तालाई प्रोत्साहन गर्न शुरू गरेको थियो ।

ईबी–फाइभ भिसाअन्तर्गत विदेशी लगानीकर्ताले कम्तीमा १० वटा रोजगारी दिने व्यवसायमा झन्डै १० लाख डलर लगानी गर्नुपर्ने हुन्छ । यो नयाँ गोल्ड कार्ड भिसा अन्तर्गत लगानीकर्ताले ५० लाख डलर लगानी गर्नुपर्नेछ तर यसमा रोजगारीको छुट्टै उल्लेख छैन । यो नयाँ कार्यक्रम धनी र सफल व्यक्तिहरूलाई ध्यानमा राखेर तयार गरिएको हो ।

धनी लगानीकर्तालाई आकर्षित गर्न विश्वका एक सय वटाभन्दा बढी देशमा गोल्डेन भिसा दिइन्छ । अस्ट्रेलिया, क्यानडा, बेलायत जस्ता धेरै युरोपेली देशहरूमा यो भिसा दिइन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
Views: 223

प्रतिक्रिया (०)

सम्बन्धित खबर