



स्याङ्जा – गल्याङ नगरपालिका- ११ खरिपानीमा बुधबार बिहान पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सिद्धार्थ राजमार्गमाअन्तर्गत बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु ३ च ३३२४ नम्बरको भ्यान दुर्घटना भएको हो।

दुर्घटनामा घाइते भएका मित्रलाल अर्यालको उपचारको क्रममा गल्याङ नगर अस्पतालमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए। दुर्घटनामा २ जना घाइते भएका छन्। भ्यानमा ४ जना सवार रहेको प्रहरी भनाई छ।


घाइते २३ वर्षीय राधेश्याम बस्याल लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचाररत छन्। भ्यान सडकदेखि अन्दाजी एक सय मिटर तल खसेको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 71