




इलाम- गएराति इलामको जस्वीरेमा रहेको जस्वीरे चिया प्रशोधन कारखानामा भएको आगलागीमा परी घाइते भएका सञ्चालक शरद सुब्बालाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।

आगो निभाउने क्रममा अनुहार तथा शरीरमा आगोको लप्काले भेटेर घाइते भएका सुुब्बा राति नै बेहोस् भएपछि इलाम अस्पताल ल्याइएको थियो । अस्पतालले प्राथमिक उपचार गरेर डिस्चार्ज गरे पनि पोलेको घाउ नघटेपछि अहिले थप उपचारका लागि काठमाडौं पठाइएको सुब्बाका दाजु गृष्म सुब्बाले बताउनुुभयो ।

सुुब्बा दाजुभाइ मिलेर करिब दश वर्ष यता उक्त चिया कारखाना सञ्चालन गर्दै आउनुभएको थियो । चिया क्षेत्रका गहनाका रुपमा रहेका शरदलाई पछिल्लो पटक काठमाडौंमा आयोजित ‘नेपाल टि च्यालेन्ज २०२४’ मा ‘वेस्ट टी मेकर’ घोषित गरिएको थियो ।


यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 196