Aamsanchar

पानी खुवाउने क्रममा गोरुले हान्दा ७१ बर्षिय गहचाको मृत्यु

Author Image
बुधवार, फागुन १४, २०८१

तुलसीपुर- पानी खुवाउने क्रममा गोरुले हान्दा एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका –१७ जमेराका ७१ बर्षिय गहचा चौधरीको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एवम् प्रहरी निरीक्षक सूर्य रानाका अनुसार चौधरी मंगलबार साँझ पौने ५ बजेतिर गोरुले हान्दा गम्भीर घाइते हुुनुभएको थियो ।

ढाड, पेट र दुवै हातमा चोट लागेका घाइते चौधरीलाई मंगलबार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार गरेर घर लगिएको थियो । उहाँको बुधबार बिहान ९ बजेतिर घरमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 120

प्रतिक्रिया (०)

सम्बन्धित खबर