Aamsanchar

चारपाने युनाइटेड भेट्रान कप : पूर्वेली र झिलझिलेको विजयी सुरुआत

Author Image
बुधवार, फागुन १४, २०८१

चारपाने । झापाको बिर्तामोड–२ चारपाने बेलडाँगीस्थित वीरअमरसिंह माविको खेलमैदानमा आजदेखि सुरु भएको प्रथम चारपाने युनाइटेड भेट्रान कप नकआउट फुटबल प्रतियोगिता रोमाञ्चक खेलहरूसँग प्रारम्भ भएको छ। उद्घाटन दिनका खेलहरूमा पूर्वेली भेट्रान एफसी र झिलझिले भेट्रान एफसी ले विजयी सुरुआत गरेका छन्।

प्रतियोगिताको उद्घाटन खेलमा पूर्वेली भेट्रान एफसी ले दमक लखनपुर भेट्रान एफसी लाई रोमाञ्चक टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्यो। निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएपछि नतिजा टाइब्रेकरमार्फत निकालिएको थियो।

खेलमा उत्कृष्ट प्रदर्शन गर्दै पूर्वेलीका रुपक गुरुङ ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले नगद १,१०० रुपैयाँ र ट्रफी प्राप्त गरे।

दोस्रो खेलमा झिलझिले भेट्रान एफसी ले धुलाबारी भेट्रान एफसी लाई २–१ गोल अन्तरले पराजित गर्दै प्रभावशाली जित निकालेको छ। झिलझिलेका तर्फबाट मुकुम सुब्बा र सन्तोष थेगिम ले गोल गरेका थिए भने धुलाबारीका लागि सुजन शाक्य ले एक मात्र सान्त्वना गोल फर्काए।

उत्कृष्ट प्रदर्शन गरेका मुकुम सुब्बा ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले नगद १,१०० रुपैयाँ र ट्रफी हात पारे।

प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्की ले गरेका थिए। कार्यक्रममा आयोजक चारपाने युनाइटेड भेट्रान एफसी का अध्यक्ष माधव खरेल को अध्यक्षता रहेको थियो।

कुल १३ टोली सम्मिलित यस प्रतियोगिताको फाइनल खेल फागुन २१ गते हुनेछ। विजेता टोलीले नगद ५१,१५१ रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्नेछ। उपविजेता टोलीले नगद ३१,१३१ रुपैयाँ, ट्रफी र मेडल पाउनेछ। प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ ले १,१०० रुपैयाँ र ट्रफी जित्नेछ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी ले नगद ५,००० रुपैयाँ र ट्रफी हात पार्नेछ। उत्कृष्ट गोलकिपर, डिफेन्डर, फरवार्ड र उच्च गोलकर्ता लाई नगद २,००० रुपैयाँ र ट्रफी प्रदान गरिनेछ।

प्रतियोगिता आगामी दिनहरूमा अझ रोमाञ्चक खेलहरूसँग अघि बढ्ने आयोजक क्लबका सचिव मोहन कोइराला ले जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 181

प्रतिक्रिया (०)

सम्बन्धित खबर