Aamsanchar

सुनकाे मुल्य

Author Image
बिहिवार, फागुन १५, २०८१

काठमाडौं – नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार ९फागुन १५० छापावाल सुन प्रतितोला एक लाख ७० हजार ३०० रुपैयाँ कायम छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 75

प्रतिक्रिया (०)

सम्बन्धित खबर