Aamsanchar

जनतासँग माओवादी तराई-मधेस जागरण अभियान : झापामा रिसाएका नारायणकाजी सुनसरीबाट जोडिए

Author Image
बिहिवार, फागुन १५, २०८१

विराटनगर-  जनतासँग माओवादी तराई-मधेस जागरण अभियानको पहिलो दिन उद्घाटन कार्यक्रममा रिसाएका माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पुनः अभियानमा जोडिएका छन्।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पार्टीका सबैजसो शीर्ष नेता अभियानमा जुटेका छन्। माओवादीले यो अभियानलाई जनतासँग पुनः फर्कने अभियानको रूपमा लिएको छ। तर, उद्घाटन समारोहमा सम्बोधन गर्ने क्रममा वरिष्ठ उपाध्यक्ष श्रेष्ठ एकाएक रिसाएका थिए। सम्बोधन गरिरहेका श्रेष्ठले नजिकै उभिएका कार्यक्रम प्रस्तोता झापा जिल्ला संयोजक राजु आचार्यसँग सवालजवाफसमेत गरेका थिए।

नारायणकाजीले सम्बोधन गर्दैगर्दा उनी पोडियम नजिकै उभिएका थिए। तर, श्रेष्ठले किन उभिएकोरु भन्दै प्रश्न गरेका थिए। सोही विषयमा अध्यक्ष प्रचण्डले समेत स्पष्टीकरण दिनुपरेको थियो। त्यसो त वरिष्ठ उपाध्यक्ष श्रेष्ठले चितवन पुगेर झापामा रिसाएको सन्दर्भमा माफीसमेत मागेका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 3

प्रतिक्रिया (०)

सम्बन्धित खबर