Aamsanchar

‘मानव स्वास्थ्यमा प्रोटिनको भूमिका’ विषयक कार्यक्रम काठमाडौंमा सम्पन्न

Author Image
बिहिवार, फागुन १५, २०८१

काठमाडौं । विश्व प्रोटिन दिवस २०२५ को अवसरमा ‘मानव स्वास्थ्यमा प्रोटिनको भूमिका’ विषयक विशेष कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ। राइट टु प्रोटिन नेपाल, नेपाल फिड इन्डस्ट्रीज एसोसिएसन, नेपाल ह्याचरी एसोसिएसन, नेपाल लेयर्स पोल्ट्री फार्मर्स एसोसिएसन, पशुपन्छी औषधी व्यवसायी संघ नेपाल तथा युसेकको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालमा सन्तुलित पोषणको आवश्यकता र प्रोटिनयुक्त आहारको महत्वबारे प्रकाश पारे।

कार्यक्रममा दुई कार्यपत्र प्रस्तुत गरियो। युसेक नेपालका कन्ट्री टिम लिड डा अशेष भट्टराईले नेपालको कुखुरा उद्योगले प्रोटिन अभाव हटाउन गरेको योगदानबारे जानकारी दिए। नेपाल डायटिसियन एसोसिएसनकी उपाध्यक्ष तथा चिरायु अस्पतालकी डायटिसियन रश्मि बजिमाया श्रेष्ठले मानव स्वास्थ्यमा प्रोटिनको भूमिकाबारे प्रस्तुति दिइन्।

कार्यक्रममा आयोजित प्यानल छलफल डा सुरेन्द्र कार्कीले संयोजन गरे। छलफलमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकी, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सन्जिव कुमार कर्ण, र पशु सेवा विभागका महानिर्देशक डा उमेश दाहालले सहभागिता जनाए।

नेपाल फिड इन्डस्ट्रीज एसोसिएसनका अध्यक्ष रोबिन पुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको समापन नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष नारायणहरी खत्रीले गरे। आयोजक संस्थाहरूले कार्यक्रमले प्रोटिनयुक्त आहारको महत्वबारे जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान दिएको बताएका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 84

प्रतिक्रिया (०)