Aamsanchar

नेसपा अध्यक्ष यादव पनि माओवादी केन्द्रको तराई मधेश जागरण अभियानमा सहभागी

Author Image
बिहिवार, फागुन १५, २०८१

धरान –  नेकपा माओवादी केन्द्रको तराई मधेश जागरण अभियानमा नेपाल समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष महेन्द्र राय यादव पनि सहभागी भएका छन् । झापादेखि माओवादीले सुरु गरेको हुलाकी राजमार्ग केन्द्रीय जागरण अभियानमा राय सुनसरीका विभिन्न पालिकामा आयोजना गरेको कार्यक्रममा उनी सहभागी भएका हुन्।

यादवले संविधानको रक्षा माओवादीले मात्र गर्न सक्ने भएकाले यो अभियानमा सहभागी भएको बताए। तराई मधेशका जनताको हक अधिकार माओवादीले मात्र स्थापित गर्न सक्ने पनि अध्यक्ष यादवले बताए । उनले आफ्नो पार्टी छिट्टै माओवादीसँग एकीकरण हुने पनि बताए । उनले नेपाल समाजवादी पार्टीले माओवादीसँग पार्टी एकीकरण गर्ने यस अगाडि नै सहमति गरेको पनि बताए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 126

प्रतिक्रिया (०)