Aamsanchar

नेपालमा प्रोटोन इमास ७ एसयूभी सार्वजनिक

Author Image
बिहिवार, फागुन १५, २०८१

झापा । जगदम्बा मोटर्स प्रा. लि.ले प्रोटोन ब्राण्डको आधिकारिक वितरकले नेपालमा बहुप्रतीक्षित इलेक्ट्रिक एसयूभी प्रोटोन इमास ७ सार्वजनिक गरेको छ। कम्पनीले विशेष कार्यक्रममार्फत अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन, र लामो रेन्ज क्षमतासहितको यो एसयूभी नेपाली बजारमा भित्र्याएको हो। अन्तर्राष्ट्रिय बजारमा सफल मानिएको यो गाडी नेपालमा प्रोटोन ब्राण्ड अन्तर्गत उपलब्ध गराइएको छ ।

दुई भेरियन्टमा उपलब्ध
प्रोटोन इमास ७ नेपाली बजारमा प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ । प्राइम भेरियन्टः ४९.५२ किलोवाट आवरको ब्याट्री रहेको छ, जसले ३४५ किलोमिटर रेन्ज प्रदान गर्छ । प्रिमियम भेरियन्टः ६०.२२ किलोवाट आवरको एजिज सर्ट ब्लेड ब्याट्री प्रयोग गरिएको छ, जसको रेन्ज ४१० किलोमिटर (ध्ीब्त् प्रमाणित) छ ।
प्रिमियम भेरियन्टमा १९ इन्चको अलोय ह्वील, १६ वटा स्पीकरसहितको प्रिमियम साउण्ड सिस्टम, हेड–अप डिस्प्ले, र भेन्टीलेटेड फ्रन्ट सिट जस्ता विशेष सुविधाहरू समावेश छन्।

नेपालका ग्राहकहरूलाई लक्षित गर्दै प्रोटोन इमास ७ को प्रतिस्पर्धात्मक मूल्य निर्धारण गरिएको छ। प्राइम भेरियन्टः रु. ५६ लाख ९९ हजार त्यसैगरी प्रिमियम भेरियन्टः रु. ६७ लाख ९९ हजार रहेको छ ।
कम्पनीका महाप्रबन्धक अधीरकुमार श्रेष्ठका अनुसार नेपालमा विद्युतीय सवारीसाधनहरूको लोकप्रियता तीव्र रूपमा वृद्धि भइरहेको छ । उनका अनुसार, प्रोटोन इमास ७ ले उच्च प्रविधि, सशक्त परफमेन्स, लामो रेन्ज, र उत्कृष्ट सुविधा प्रदान गर्ने भएकाले नेपालमा इलेक्ट्रिक एसयूभी बजारमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।

प्रोटोन इमास ७ को विशेष कार्यक्रम नेपाल टुर अन्तर्गत पहिलो पटक बिर्तामोड, नेपालमा आयोजना गरिएको छ । ग्राहकहरूले प्रत्यक्ष रूपमा यस इलेक्ट्रिक एसयूभीको विशेषता अनुभव गर्न सक्नेछन् । नेपालभरका अधिकृत शोरूमहरूबाट मार्च २१,२०२५ देखि यसको बिक्री सुरू भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 62

प्रतिक्रिया (०)

सम्बन्धित खबर