Aamsanchar

झापामा एक व्यवसायीले आत्मह*त्या गरे, आर्थिक लेनदेनको तनाव कारण हुनसक्ने आशंका

Author Image
बिहिवार, फागुन १५, २०८१

झापा । फागुन १५ – बिर्तामोड नगरपालिका–५ मित्रनगर टोलमा एक व्यवसायीले आत्महत्या गरेका छन्।

२५ वर्षीय धिरज अग्रवालले आज दिउँसो १२:३० बजे विष सेवन गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ। विष सेवन गरेपछि उनलाई तत्कालै बिर्तासिटी अस्पताल, बिर्तामोड पुर्याइएको थियो। उपचारका क्रममा उनको निधन भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले पुष्टि गरेको छ।

पोस्टमार्टमपछि अग्रवालको शव परिवारलाई बुझाइएको छ। प्रारम्भिक अनुसन्धानअनुसार, आर्थिक लेनदेनको तनावका कारण उनले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ। सामाजिक सञ्जालमा, अग्रवाललाई चिन्ने मीनप्रकाश उप्रेतीले यही कारण आत्महत्याको सम्भावना रहेको बताएका छन्।

यस घटनाले पुनः मानसिक स्वास्थ्य र आर्थिक समस्यासम्बन्धी सचेतना आवश्यक रहेको संकेत गरेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
20
+1
1
Views: 156

प्रतिक्रिया (०)

सम्बन्धित खबर