Aamsanchar

ग्याल्पो ल्होसार हर्षोल्लासका साथ मनाइँदै

Author Image
शुक्रवार, फागुन १६, २०८१

बिर्तामोड । नेपालका हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा, तामाङ, गुरुङ, ह्याल्मो, हुम्ली, मुस्ताङे, मनाङे लगायतका समुदायहरूले आज ग्याल्पो ल्होसार हर्षोल्लासका साथ मनाइरहेका छन्। नयाँ वर्षको रुपमा मनाइने यो पर्व नेपालसहित चीन, मङ्गोलिया, भूटान, सिक्किम लगायतका देशहरूमा समेत विशेष रुपमा मनाइँदैछ।

ग्याल्पो ल्होसारका अवसरमा राजधानी काठमाडौंका बौद्ध, स्वयम्भू, लगायतका क्षेत्र तथा हिमाली जिल्लाका गुम्बाहरूमा विशेष पूजा, नाचगान तथा धार्मिक कार्यक्रमहरू आयोजना गरिएको छ। यस अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ।

ल्होसारको अवसरमा शेर्पा समुदायले विशेष परिकार खाप्से तथा गुथुकु तयार पार्दै आफन्त तथा साथीभाइसँग मिलेर खुशीयाली मनाउने गर्छन्। साथै, घर आँगनमा रहेका पुराना ध्वजाहरू परिवर्तन गरिन्छ भने नयाँ लगंता (धार्मिक झन्डा) गुम्बा, चैत्य तथा घरका छतमा टाँग्ने परम्परा रहेको छ।

यस वर्ष काठमा बस्ने सर्प वर्षको रूपमा लिइएको छ। शेर्पा समुदायमा ल्होसार सुरु हुनु एक महिना अघि नै घर सफा गर्ने, नयाँ लुगा किन्ने र विभिन्न तयारीहरू गर्ने परम्परा छ। ग्याल्पो ल्होसारको मुख्य दिनमा नाग देवताको पूजा गरी शुद्ध जल घरका कुल देवतालाई चढाइने चलन छ।

यस अवसरमा राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न विशिष्ट व्यक्तित्वहरूले शुभकामना सन्देश जारी गर्दै समृद्धि, शान्ति र एकताको कामना गरेका छन्।

ग्याल्पो ल्होसारको अवसरमा आयोजित सांस्कृतिक तथा धार्मिक कार्यक्रममा विभिन्न समुदायका व्यक्तिहरूको समेत सहभागिता रहने भएकाले यस पर्वलाई नेपालभित्र विविध सांस्कृतिक पहिचानको प्रतीकका रूपमा लिइन्छ।

नेपालका विभिन्न भागमा यो पर्व धूमधामका साथ मनाइँदै गर्दा राजधानी काठमाडौंका बौद्धनाथ, स्वयम्भू लगायतका क्षेत्रमा विशेष घुइँचो लागेको देखिन्छ। ल्होसारको अवसरमा यहाँ आउने पर्यटकहरू पनि परम्परागत पर्वको सौन्दर्यमा रमाइरहेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 56

प्रतिक्रिया (०)

सम्बन्धित खबर