Aamsanchar

परराष्ट्रमन्त्री राणा चढेको विमान काठमाडौं ओर्लन नसकेपछि कोलकाता डाइभर्ट

Author Image
शुक्रवार, फागुन १६, २०८१

काठमाडौं – परराष्ट्रमन्त्री आरजु राणा चढेको विमान खराब मौसमका कारण काठमाडौं ओर्लन नसकेपछि कोलकाता डाइभर्ट भएको छ ।

राणाका सल्लाहकार एकराज पाठकले अनलाइनखबरलाई दिएको जानकारी अनुसार कतार एयरलाइन्समार्फत् दोहाबाट आइरहेको जहाज कोलकाता ल्यान्ड भएको हो ।

काठमाडौंमा ओर्लन धेरै कोसिस भए पनि मौसमले साथ नदिएपछि कोलकाता लगिएको उनले बताए ।

जेनेभामा राष्ट्रसंघको बैठकबाट राणा स्वदेश फर्कदै थिइन् ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावको कारण आज बिहान काठमाडौं उपत्यकामा हल्का पानी परेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर