Aamsanchar

केपी ओली कपकाे फाइनल हेर्न विश्वकप विजेता इटालियन गोलकिपर बुफोन आइतबार आईपुग्ने

Author Image
शुक्रवार, फागुन १६, २०८१

काठमाडौं – विश्वकप विजेता इटालियन लेजेन्ड गोलकिपर जियालुजी बुफोन आइतबार नेपाल आइपुग्ने भएका छन् । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भइरहेको तेस्रो संस्करणको केपी ओली कप फुटबलको फाइनलमा चिफ गेष्टको रुपमा बुफोन नेपाल आउन लागेका हुन् ।

उनी आइतबार नेपाल आइपुग्ने राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिव निरोज पौडेलले जानकारी दिए । केपी ओली कपको फाइनल आउने सोमबार दशरथ रंगशालमा हुनेछ । उक्त फाइनल खेलमा बुफोन प्रमुख अतिथिको रुपमा रहनेछन् ।

यस्तै बुफोनले आफु केपी ओली कपको फाइनल खेलमा उपस्थित हुने भन्दै भिडियो सन्देश पठाएका छन् । उनले भिडियोमा नेपालीमै सम्बोधन गरेका छन् । ‘नमस्ते सबैजनालाई । जिजी बुफोन हेयर । म मार्च पहिलो साता केपी ओली कपको फाइनलको चिफ गेस्टको रुपमा आउँदछु । सबेलाई त्यहाँ भेटौँला’, उनले भने ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 56

प्रतिक्रिया (०)

सम्बन्धित खबर