




कतिपय व्यक्तिहरू स्याउको बोक्रा ताछेर खान्छन्। यसो गर्दा हामीले पाउन सक्ने स्वास्थ्यवद्र्धक चिजहरू गुमाइरहेका हुन्छौं। तर, बोक्रासहित स्याउ खाँदा पूर्णतः सुरक्षित छ(छैन त्यो ख्याल गर्नै पर्छ।

स्याउको भित्री झागको दाँजोमा बोक्रामा बढी मात्रामा एन्टिअक्सिडेन्ट हुन्छ । बोक्रामा भिटामिन ‘ए’, भिटामिन ‘सी’ पनि पाइन्छ। बोक्रामा पाइने ‘पेक्टिन’ ले कोलेस्ट्रोल र ब्लड सुगरको स्तरलाई कम गर्छ। बोक्राको भित्री खण्डमा एन्टिअक्सिडेन्टको मात्रा बढी पाइन्छ। एन्टिअक्सिडेन्टले स्वास्थ्यलाई राम्रो गराउनुका साथै रोगमुक्त गराउन सहयोग गर्छ। स्याउको रातो बोक्रामा एन्टिअक्सिडेन्टको मात्रा हुन्छ।


स्याउको बोक्रामा पोटेसियम, फोस्फोरस, फोलेट, क्याल्सियम, आइरनजस्ता मिनरल पनि पाइन्छन्। यिनले हाड र दाँतलाई बलियो बनाउन सघाइरहेको हुन्छ। भनिन्छ, दिनहुँ एउटा स्याउ बोक्रैसित खाने गरे उच्च रक्तचापमा धेरै फाइदा पुग्छ। स्याउको बोक्रा फ्लेभानोइडस र एन्टिअक्सिडेन्टको प्राकृतिक स्रोत हो। यो मुटुका लागि राम्रो मानिन्छ। यसमा भिटामिन, खनिज, र फाइबर ९रेसा० प्रचुर मात्रामा पाइन्छ। शारीरिक कमजोरी हटाउन स्याउ धेरै लाभदायक हुन्छ । बोक्रासहित स्याउ खाँदा शरीरलाई फाइबर प्राप्त हुन्छ।

