Aamsanchar

कैलालीको दक्षिणी क्षेत्रमा भीषण असिना पानी

Author Image
शनिवार, फागुन १७, २०८१

टीकापुर – कैलालीको दक्षिणी क्षेत्रमा भीषण असिना पानी परेको छ। आज बिहानै दक्षिणी क्षेत्रका भजनी नगरपालिका, टीकापुर नगरपालिकाका विभिन्न स्थानहरूमा भीषण असिनासहित पानी परेको हो ।

हिउँदभरि वर्षा नहुँदा हिउँदेबाली उत्पादनमा कमी आउने आशंका बढिरहेका बेला भएको हिउँदे वर्षाले किसानहरूलाई राहत दिएको भए पनि वर्षासँगै परेको असिना पानीले भने बालीमा क्षति पुगाएको छ ।

भजनी नगरपालिकाका स्थानीय खेमराज पाण्डेले थोरै समयमा ठूलो मात्रामा असिना पानी पर्दा तोरी र गहुँबालीमा क्षति पुगेको बताए । ‘थोरै समयमा ठूलो संख्यामा असिना र पानी परेपछि तोरी र गहुँबालीमा क्षति पुगेको छ’, पाण्डेले भने, ‘धेरै समय परेको भए थप क्षति हुने थियो तर गहुँबालीका लागि भने सिँचाइसमेत भएको छ ।’

शुक्रवारदेखि मौसममा आएको परिवर्तनका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात र तराई जिल्लामा पानी तथा असिना परेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 92

प्रतिक्रिया (०)

सम्बन्धित खबर