Aamsanchar

रिङ्कुकुमारी सदालाई न्याय दिलाउन सक्दो सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता

Author Image
शनिवार, फागुन १७, २०८१

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिरहा​को रिङ्कुकुमारी सदालाई न्याय दिलाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। नवराजपुर गाउँपालिका-१ भगवतीपुरस्थित रिङ्कुको घरमा पुगेर प्रचण्डले परिवारलाई आश्वासन दिएका हुन्।

सामूहिक बलात्कारमा परेको केही दिनमा मृत भेटिएकी रिङ्कुलाई न्याय दिलाउन संसदमा आवाज उठाएको जानकारी दिँदै उनले जति सक्यो चाँडो न्यायका लागि पहलकदमी लिने बताए।

गत माघ २७ गते राति शौच गर्न घरबाहिर निस्केकी रिङ्कुले आफू स्थानीय तीन युवकबाट सामूहिक बलात्कारमा परेको बताएकी थिइन्। उनलाई न्याय दिनुको साटो स्थानीय पञ्चायत बसेर मिलापत्र गराउन खोजिएको थियो। त्यसपछि उनी मृत भृटिएकी थिइन्।

जनतासँग माओवादी तराई-मधेश जागरण अभियानका क्रममा सिरहा पुगेका अध्यक्ष दाहालसहित माओवादी केन्द्रका नेता शनिबार दिवङ्गत रिङ्कुको घरमा पुगेका हुन्।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 121

प्रतिक्रिया (०)

सम्बन्धित खबर