




विराटनगर – आगोले जलेर घाइते भएकी मोरङको कानेपोखरीकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

कानेपोखरी गाउँपालिका–१ होक्लाबारीकी ५५ वर्षीया रीता बुढाथोकीको मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले जानकारी दिए।
आगोले जलेर घाइते भएको १ महिनापछि उनको मृत्यु भएको हो।


चिमरियाका अनुसार गाईलाई खोले पकाउने क्रममा गत माघ १७ गते सारीबाट सल्किएको आगोले जलेर रीता गम्भीर घाइते भएकी थिइन्। उनलाई उपरचारका लागि विराट शिक्षण अस्पताल ल्याइएको थियो।


विराटमा सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं लगियो। वीर अस्पतालमा उपचारका क्रममा शनिबार बिहान रीताको मृत्यु भएको एसपी चिमरियाले बताए। उनका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 144