Aamsanchar

झापा एफसी : नेपाली फुटबलमा व्यवसायिकताको नयाँ युगको सुरुवात

Author Image
शनिवार, फागुन १७, २०८१

बिर्तामोड । नेपाली फुटबलको ऐतिहासिक केन्द्र झापाबाट व्यवसायिक फुटबल क्लबको अवधारणासहित अगाडि बढेको झापा एफसी अहिले नेपाल सुपर लिग (एनएसएल) मा प्रदेश १ को एकमात्र प्रतिनिधि क्लबको रूपमा आफ्नो पहिचान बनाइरहेको छ।

फुटबल व्यवसायिकताको मार्गमा झापा एफसी
२०११ मा दर्ता भएको झापा एफसी नेपालकै पहिलो प्रा. लि. फुटबल क्लब हो, जसले नेपाली फुटबलमा क्लब व्यवसायिकताको ढोका खोल्ने महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । क्लबका प्रमुख संस्थापक अर्पण बिक्रम खड्का कतारमा पुष्प व्यवसायी गर्दै आएका झापाली यूवाहुन । जसले कतारबाटै क्लबको नेतृत्व गर्दै झापाली फुटबललाई समृद्ध बनाउने अभियानलाई अगाडि बढाइरहेका छन्।

स्थानीय खेलाडीको प्रवद्र्धन र युवा विकासमा प्रतिबद्धता
झापा एफसीले व्यवसायिक फुटबलको स्थायित्वका लागि युवा टिम, महिला टिम र एकेडेमी स्थापनाको योजना अघि सारेको छ। झापा जिल्लाका प्रतिभाशाली खेलाडीहरूलाई राष्ट्रिय स्तरमा पु¥याउने क्लबको लक्ष्य छ । उक्त लक्ष्यलाई पुरा गर्न झापामा करिव ६ विघा जग्गा खरिद गरेर रंगशाला बनाउने क्लबको भावी योजना रहेको आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष खड्कलाले बताए ।

एनएसएल च्याम्पियन बन्ने लक्ष्य
एनएसएल सिजन ३ मा झापा एफसी उच्च लक्ष्यसहित मैदानमा उत्रने तयारीमा छ। प्रमुख प्रशिक्षक प्रवेश कटुवालको नेतृत्वमा रहेको टिमले भारतको आई लिग खेलिरहेका लकेन लिम्बूलाई ‘मार्की प्लेयर’ को रूपमा अनुबन्ध गरिसकेको छ । साथै, उज्बेकिस्तानका डिफेन्डर अजमत अब्दुल्लेभलाई अनुबन्ध गर्दै क्लबले आफ्नो डिफेन्सलाई मजबुत बनाएको छ । क्लवको ब्राण्ड एम्बसेटरमा पूर्व राष्ट्रिय खेलाडी हरि खड्का रहेका छन् ।

भविष्यको रणनीतिः ए डिभिजन लिगसम्मको यात्रा
झापा एफसीले निकट भविष्यमा ए डिभिजन लिगमा सहभागी हुने लक्ष्य राखेको छ । क्लबका अनुसार, जबसम्म नेपाली फुटबल लिग विकेन्द्रीकरण हुँदैन, तबसम्म खेलाडीहरूको भविष्य सुरक्षित हुँदैन। त्यसैले, झापा एफसी आफ्नो घरेलु मैदान झापामा नै एनएसएल र ए डिभिजन खेल्न पाउने वातावरण सिर्जना गर्न चाहन्छ ।
झापा एफसी केवल एउटा क्लब मात्र होइन, यो नेपाली फुटबलमा व्यवसायिक प्रणाली भित्र्याउने एक अभियान पनि हो। एनएसएलको आगामी सिजनमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको झापा एफसीले देशभरका फुटबलप्रेमीहरूको समर्थन पाउने अपेक्षा राखेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 131

प्रतिक्रिया (०)

सम्बन्धित खबर