Aamsanchar

चारपाने युनाइटेड भेट्रान कप : उर्लाबारी भेट्रान एफसी सेमिफाइनलमा प्रवेश

Author Image
शनिवार, फागुन १७, २०८१

चारपाने ।  चारपाने युनाइटेड भेट्रान कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा उर्लाबारी भेट्रान एफसीले स्थान सुरक्षित गरेको छ। झापाको बिर्तामोड–२ मा जारी प्रतियोगितामा उर्लाबारीले सिलिगुडीको सुकुना लिजेन्ड भेट्रान एफसीलाई २–० को स्पष्ट जित निकाल्दै अन्तिम चारमा प्रवेश गर्यो।

उर्लाबारीको जितमा पहिलो हाफमै गंगा कार्की र दिपक पोमु लिम्बूले गोल गरे। उत्कृष्ट प्रदर्शन गरेका लिम्बू खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले नगद १,१०० रुपैयाँसहित ट्रफी प्राप्त गरे। पुरस्कार झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, क्लब अध्यक्ष माधव खरेल लगायतले प्रदान गरे।

बेलडाँगीस्थित वीर अमरसिंह माविको खेलमैदानमा जारी प्रतियोगितामा १३ टोली सहभागी छन्। आयोजक चारपाने युनाइटेड भेट्रान एफसीका अध्यक्ष माधव खरेलका अनुसार फाइनल खेल फागुन २१ गते हुनेछ।

विजेता टोलीले नगद ५१,१५१ रुपैयाँ, ट्रफी र मेडल हात पार्नेछ भने उपविजेताले ३१,१३१ रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ। त्यस्तै, प्रत्येक ‘प्लेयर अफ द म्याच’ विजेताले १,१०० रुपैयाँ र ट्रफी पाउनेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५,००० नगद तथा ट्रफी प्राप्त गर्नेछन् भने उत्कृष्ट गोलकिपर, डिफेन्डर, फरवार्ड र सर्वाधिक गोलकर्ता खेलाडीले जनही २,००० रुपैयाँसहित ट्रफी जित्नेछन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 157

प्रतिक्रिया (०)

सम्बन्धित खबर