Aamsanchar

रकम लेनदेनको विषयमा विवाद पछि गो*ली हानेर युवकको ह*त्या

Author Image
आइतवार, फागुन १८, २०८१

धनगढी –  बैतडीमा गोली प्रहार गरेर एक युवकको हत्या भएको छ । दोगडाकेदार गाउँपालिका–८ का २५ वर्षीय सुरेन्द्र विष्टको गोली प्रहारबाट हत्या भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) मकेन्द्र मिश्रका अनुसार शनिबार साँझ विष्टमाथि गोली प्रहार भएको थियो । गोली प्रहारबाट घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्युु भएको मिश्रले बताए ।

उनलाई नातामा दाजु पर्ने सोही ठाउँका ४५ वर्षीय कर्ण विष्टले गोली प्रहार गरेको आरोप छ । कर्ण अहिले फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

दुई जनाबीच रकम लेनदेनको विषयमा शनिबार दिउँसो विवाद भएको थियो । सोही कुरालाई लिएर साँझ उनीमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 79

प्रतिक्रिया (०)

सम्बन्धित खबर