Aamsanchar

विराटनगरमा वडा सदस्यले मापसे गरेर चलाएको स्कुटर ट्रकमा ठोक्कियाे, एक जनाकाे मृ*त्यु

Author Image
आइतवार, फागुन १८, २०८१

फायल तस्बिर

विराटनगर – विराटनगरमा वडा सदस्यले मापसे (मादक पदार्थ सेवन) गरेर चलाएको स्कुटर ट्रकमा ठोक्किएर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–७ का वडा सदस्य ५१ वर्षीय कल्याण लामिछानेले चलाएको को २९ प ७०८२ नम्बरको स्कुटर सडकमा रोकेर राखेको ट्रकमा यही फागुन ११ गते राति ९:२० बजेतिर ठोक्किएको थियो । अनुसन्धानबाट लामिछानेले मापसे (मादक पदार्थ सेवन) गरेर स्कुटर चलाएको पत्ता लागेको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार विराटनगर–७ हाटखोलास्थित भित्री सडकको साइडमा रोकेर राखिएको बागमती प्रदेश ०३–००१ ख १७१२ नम्बरको ट्रकमा स्कुटर ठोक्किएर दुर्घटना भएको हो । होटखोलाबाट शनिहाटतर्फ आउँदै गरेको स्कुटर ट्रकको पछाडिबाट ठोक्किएर दुर्घटना हुँदा वडा सदस्य लामिछाने र स्कुटरको पछाडि सवार विराटनगर–७ का ५० वर्षीय किरण तिवारी घाइते भएका थिए ।

घाइते दुवै जनालाई उपचारका लागि न्युरो अस्पताल लगिएको थियो । तिवारीको उपचारकै क्रममा आइतवार बिहान ६:३५ बजेतिर मृत्यु भएको डीएसपी जोशीले बताए । स्कुटर चालक लामिछानेको स्वास्थ्य सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ ।

स्वास्थ्य परीक्षणका क्रममा उनले मापसे गरेर स्कुटर चलाएको यकिन भएको प्रहरीको भनाइ छ । मापसे गरेर सवारीसाधन चलाउन पाइँदैन । प्रहरीका अनुसार स्कुटर, ट्रक र ट्रकका चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर