Aamsanchar

धारचुलामा पहिरो : एक नेपालीको मृत्यु, अन्य पाँचजना घाइते

Author Image
आइतवार, फागुन १८, २०८१

दार्चुला – भारतको धारचुला नजाङ्गमा पहिरोमा परी दार्चुलाका एकजनाको ज्यान गएको छ । जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर ६ धुलिगाडा (रैचु)का २० वर्षीय सन्तोष सिंह ठगुन्नाको ज्यान गएको हो । शनिबार दिउँसो गएको पहिरोमा परेर अन्य पाँजना घाइते भएको नौगाडबाट स्थानीय जयभान सिंह धामीले बताए ।

घाइते हुनेमा नौगाड गाउँपालिका वडा नम्बर ६ का गणेश सिंह ठगुन्ना,दिपक सिंह ठगुन्ना,भारतका राकेश जोशी र सुरेश कुमार रहेका छन् । एकजना भारतीयको भने पहिचान खुल्न सकेको छैन । उनीहरू सारथी कम्पनीमार्फत् सडक निर्माणको काम गर्ने मजदुर हुन् ।

पसलमा बसिरहेको अवस्थामा पहिरो आएको बताइएको छ । पहिरोमा पुरिएका उनीहरूलाई स्थानीय सुरक्षाकर्मीहरूले उद्धार गरी उपचारका लागि धारचुला अस्पताल पुर्‍याएको धामीले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 71

प्रतिक्रिया (०)

सम्बन्धित खबर