Aamsanchar

कर्णाली सहकारी संस्था रजत वर्षमा, संस्थापक अध्यक्ष बस्नेत र पत्रकार गिरी सम्मानित

Author Image
आइतवार, फागुन १८, २०८१

बिर्तामोड । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्था स्थापनाको २५ औं वर्षमा प्रवेश गरेको छ । आइतबार एक विशेष समारोहका बीच रजत वर्ष उद्घाटन गरिएको हो ।

२०५७ सालमा २६ जना सञ्चालक सदस्य मिलेर स्थापना गरेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०५७/०५८ मा १ हजार २८० शेयर सदस्य रहेकोमा हाल २०८०/०८१ सम्म आइपुग्दा ५६ हजार ४०९ शेयर सदस्य, ४१ वटा सेवा केन्द्र, ३७४ कर्मचारी तथा ५१ करोड ९३ लाख ७५ हजार ७०० रुपैयाँ शेयर पुँजी विस्तार गर्न सफल भएको संस्थाका अध्यक्ष टस बहादुर श्रेष्ठले जानकारी दिए ।

संस्थाले झापा, मोरङ र इलाम जिल्लालाई कार्यक्षेत्र बनाउँदै विभिन्न संस्थागत तथा सामाजिक गतिविधि सञ्चालन गर्दै आएको छ । यसै अवसर पारेर स्मारिका विमोचन समेत गरिएको छ ।

रजत वर्षको अवसरमा आयोजित कार्यक्रममा संस्थापक अध्यक्ष कमल बहादुर बस्नेत र पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक एकराज गिरीलाई सम्मान गरिएको छ । कोशी प्रदेश सरकारका खानेपानी तथा सिँचाइ मन्त्री एकराज कार्कीले उनीहरूलाई सम्मान पत्र, दोसल्ला तथा नगद प्रदान गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि मन्त्री कार्की, सम्मानित व्यक्तित्व बस्नेत र गिरीले शुभकामना मन्तव्य राखेका थिए । संस्थाका उपाध्यक्ष रामकुमार गौतमले मन्तव्य दिँदै र सदस्य दिलकेशर थापाले गीतमार्फत स्वागत गरेका थिए । कार्यक्रममा संस्थाका सीईओ कुमार याक्सोले कर्णालीले गर्दै गरेका सामाजिक क्षेत्रसँग जोडिएका कार्यक्रमहरु साझा गरेका थिए ।

याक्साको भनाई अनुसार विरामी भएमा उपचार सुविधा, मृत्यु राहत, सदस्य उपचार कर्जा, विपद राहतसहित १५ वटा कार्यक्रमकोे जानकारी गराएका थिए ।

संस्थाको विकास र वर्तमान अवस्था

कर्णाली बचत तथा ऋण सहकारी संस्थाले २५ वर्षको यात्रा तय गर्दै आज वित्तीय सुदृढीकरणका साथ अगाडि बढिरहेको छ । संस्थाले आधुनिक प्रविधिको प्रयोग गर्दै सुशासनलाई प्राथमिकता दिँदै कार्यसम्पादन गर्दै आएको छ ।

संस्थाका वर्तमान अध्यक्ष टसबहादुर श्रेष्ठले नेतृत्व सम्हालेपछि सहकारीलाई अझ व्यवस्थित र प्रविधिमैत्री बनाउने दिशामा काम भइरहेको बताउनुभयो। संस्थाले सुशासन, वित्तीय पारदर्शिता, र प्रभावकारी नीतिगत व्यवस्थाहरू लागू गरी आफ्नो सेवा विस्तार गरिरहेको छ ।

रजत महोत्सवको अवसरमा संस्थाले आफ्नो इतिहास, संघर्ष, र आगामी योजनाहरूलाई उजागर गर्दै सहकारी क्षेत्रकै प्रेरणादायी उदाहरण प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

स्मारिकामा उल्लेख भएको आधारमा समाचार तयार पर्दा कार्यक्रममा स्वागत गर्ने उपाध्यक्ष रामकुमार गौतम हुनु पर्नेमा अन्यथा हुन गएकोमा सच्याइएको छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 88

प्रतिक्रिया (०)

सम्बन्धित खबर