Aamsanchar

तुम्लिङटार नजिकै मोटरसाइकल दुर्घ*टना हुँदा हाइड्रोपावरका मजदुरको मृ*त्यु

Author Image
सोमवार, फागुन १९, २०८१

सङ्खुवासभा – कोशी राजमार्ग अन्तरर्गत सङ्खुवासभाको खाँदबारी नगरपालिका– ९ तुम्लिङटार नजिकै मोटरसाइकल दुर्घटना हुँदा हाइड्रोपावरका मजदुरको मृत्यु भएको छ।

खाँदबारी–तुम्लिङटार सडक खण्डमा सदरमुकाम खाँदबारीबाट तुम्लिङटार जाँदै गरेको प्र १ –०२–०५३ प ८१४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा पिलुवाखोला हाइड्रोपावरका मजदुरको मृत्यु भएको हो।

मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी बस्ने प्युठानको स्वर्गद्धारी नगरपािलका –१ का २६ बर्षीय एकम अधिकारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिए।

गएराति खाँदबारी –तुम्लिङटार सडक खण्डको सालघारीमा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते पिलुवाखोला हाइड्रोपावरका मजदुर अधिकारीको उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरी निरीक्षक श्रेष्ठले बताए।

प्रहरीले मोटरसाइकल चालक धर्मदेवी नगरपालिका– ६ का २५ वर्षीय आकाश जिमीलाई नियन्त्रणमा लिएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 104

प्रतिक्रिया (०)

सम्बन्धित खबर