Aamsanchar

विराटनगरमा श्रीमद्भागवत पुराण सप्ताह ज्ञान महायज्ञ आयोजना हुने

Author Image
सोमवार, फागुन १९, २०८१

विराटनगर । मोरङ विराटनगरस्थित मैथिल ब्राह्मण महासभा नेपाल, मोरङ जिल्ला कार्य समितिले मानव कल्याणार्थ शिक्षा, स्वास्थ्य तथा संस्कृति संरक्षणका लागि अक्षयकोष स्थापनार्थ श्रीमद्भागवत पुराण सप्ताह ज्ञान महायज्ञको आयोजना गर्ने भएको छ। २०७८ चैत्र ३ देखि ९ गतेसम्म विराटनगर-९ स्थित सिटी प्यालेसमा सञ्चालन हुने यस धार्मिक अनुष्ठानमा वृन्दावन निवासी प्रख्यात कथावाचक आचार्य पं। श्री अभिषेक पाठकले कथा वाचन गर्नेछन्।

कार्यक्रमको शुभारम्भ चैत्र ३ गते बिहान १० बजे भव्य कलश यात्राबाट गरिनेछ। सात दिनसम्म सञ्चालन हुने यस अनुष्ठानमा प्रत्येक दिन बिहान ७ बजेदेखि पूजन एवं पारायण पाठ, दिउँसो १ बजेदेखि कथा वाचन तथा साँझ भजन(कीर्तन एवं प्रसाद वितरणको व्यवस्था गरिने आयोजक समितिले जनाएको छ।

महायज्ञको समापन अन्तिम दिन लक्ष्यदीप प्रज्वलन एवं हवन(पूर्णाहुति समारोहसहित गरिनेछ। यस धार्मिक महायज्ञलाई सफल बनाउन विभिन्न संघसंस्थाहरू तथा श्रद्धालु भक्तजनहरूको सहयोगको अपेक्षा गरिएको छ। साथै, कार्यक्रमलाई आर्थिक रूपमा सहयोग गर्ने दाताहरूलाई योगदान अनुसार सम्मानपत्र तथा विभिन्न उपहार प्रदान गरिने आयोजकले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 13

प्रतिक्रिया (०)

सम्बन्धित खबर