Aamsanchar

आज लदी पर्व मनाउँदै माझी समुदाय

Author Image
मङ्गलवार, फागुन २०, २०८१

काठमाण्डौ – देशभरका माझी समुदायले आज लदी पर्व मनाउँदैछन् । लदी पर्व माझी समुदायको विशेष पर्व हो । हरेक वर्ष फागुन महिनाको तेस्रो मङ्गलवार उनीहरुले यो पर्व मनाउने गर्छन् ।

लदी पर्वमा नदीको किनारमा ढुङ्गाको देवता, सिमली र बाँसको थान बनाएर नाउ, माछा मार्ने जाल, माछा हाल्ने फुरुंगोलाई पूजा गर्ने चलन छ ।

लोपोन्मुख माझी तथा बोटे समुदायको मुख्य पेसा नदीमा माछा मारेर जीविकोपार्जन गर्ने हो । त्यसैले माझी तथा बोटे समुदायले नदीको पूजा गरेर आफ्नो पेसाको सम्मान गर्ने गर्छन् ।

खोलालाई भगवानका रूपमा मान्दै माझी समुदायले सामूहिक पूजा तथा नदी सफा गरी यो पर्व मनाउँछन् । पूजासँगै सामूहिक भोज र नाचगान गरिन्छ ।

लदी पर्वमा नदीमा गएर पूजा गरेमा वर्षातको जस्तोसुकै भेलमा पनि डुङ्गा खियाउन सक्ने शक्ति मिल्ने किम्बदन्ती रहेको माझी समुदायका जानकारहरूको भनाइ छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 99

प्रतिक्रिया (०)

सम्बन्धित खबर