बिर्तामोड । झापा गोल्डकप आयोजक समिति र झापा एफसीबीच फुटबल खेलको विकासका लागि महत्वपूर्ण सम्झौता भएको छ। मंगलबार चारपाने स्थित साहारा साकोसको सभाहलमा सम्पन्न सम्झौता कार्यक्रममा दुवै संस्थाले नेपाली फुटबलको समग्र विकासका लागि सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।

झापा गोल्डकप आयोजक समितिले छैटौँ संस्करणसम्म निरन्तर प्रतियोगिता आयोजना गर्दै आएको छ भने झापा एफसी नेपाल सुपर लिग (एनएसएल) मा सहभागी हुने तयारीमा छ। सम्झौताअनुसार दुवै पक्षले पूर्वाधार निर्माण, ग्रासरुट फुटबल, उमेरसमूह फुटबल, महिला फुटबलको प्रवर्द्धन, प्राविधिक तथा प्रशासनिक सुधार, संस्थागत सहयोग, ब्रान्डिङ तथा प्रायोजन खोजीमा सहकार्य गर्नेछन्।



यो सम्झौताले झापा र नेपालकै फुटबलको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।


यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
1
+1
+1
Views: 36