Aamsanchar

भद्रपुर विमान स्थलमा राखिएको होडिङ बोर्डले व्यवस्थापन पक्षलाई गिज्याइरहेको छ

Author Image
मङ्गलवार, फागुन २०, २०८१

बिर्तामोड । झापाको भद्रपुर विमान स्थल परिसरमा पर्यटन प्रचार र विज्ञापनका लागि राखिएको होडिङ बोर्डको अवस्था हेर्दा त्यहाँ पुग्ने यात्रुहरूले विमान स्थल व्यवस्थापन पक्षको लाचारी लापरवाही प्रति आलोचना गर्ने गरेका छन् ।

विगत एक वर्ष देखि विमान स्थलमा लाखौं खर्च गरेर बनाइएका होडिङ बोर्डका फ्रेमहरू उदाङ्गै छन् । पहिले टाँसिएका ब्यानरहरू च्यातिएर झुत्रा बनेका छन् । झण्डै एक दर्जन बोर्ड हरुको कुरूप अवस्थाले भद्रपुर नगरपालिकाको प्रतिष्ठामाथि पनि प्रश्न खडा गरिदिएको छ । देश विदेशका पर्यटक यात्रीहरू आवागमन हुने भद्रपुर विमान स्थल चिरिच्याट्ट सुन्दर सफा हुनुपर्ने हो, विमान स्थल पर्यटक क्षेत्रको प्रचार र प्रवर्द्धन गर्ने एक उत्तम स्थल पनि हो । विमान स्थल कमजोर व्यवस्थापन पक्षको कारण विमान स्थलको सुन्दरतामा रास ल्याएको छ ।

कोशी प्रदेश पर्यटन वर्ष सुरु हुनै लागेको छ । प्रदेशका विमान स्थल, बस पार्क, मुख्य चोक बजारमा मुख्य पर्यटकीय गन्तव्यहरूको तस्वीरहरू सजाउन सुरु गर्नु पर्ने हो । यस तर्फ कोशी प्रदेशको ध्यान पुग्न सकेको छैन ।

औपचारिक कार्यक्रममै सीमित त कतै हुने होइन पर्यटन वर्ष भन्ने भान सर्वसाधारणमा पर्न थालेको छ ।

करोडौँ बजेट खर्च गरेर पर्यटन वर्ष मनाउने जमर्को गरिएको छ । तर मुख्य गरेर पर्यटन आवागमन हुने स्थलहरू उदास र उजाड अवस्थामा रहेका छन् ।

यस समस्यालाई सम्बोधन गर्न विमान स्थल र स्थानीय प्रशासनले सुधारका लागि तत्काल कदम चाल्नुपर्ने आवश्यकता छ । पर्यटकहरूको आगमनमा विशेष ध्यान दिने, सफाइ र व्यवस्था सुनिश्चित गर्ने, र स्थानीय पर्यटन व्यवसायको प्रवर्द्धनमा सहजीकरण गर्न जरुरी छ। यसका लागि नयाँ होडिङ बोर्डहरू, आकर्षक विज्ञापन र सफा–सुग्घर वातावरण महत्त्वपूर्ण छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 195

प्रतिक्रिया (०)

सम्बन्धित खबर