Aamsanchar

एमाले मोरङको नेतृत्व चयनका निम्ति मतदान जारी

Author Image
बुधवार, फागुन २१, २०८१

विराटनगर –नेकपा (एमाले) मोरङको नेतृत्व चयनका निम्ति मतदान सुरु गरिएको छ । बुधबार (फागुन २१)बिहान साढे ९ बजेदेखि मतदान थालिएको हो । बिहान ७ बजेदेखि भनिएको मतदान साढे दुई घण्टा ढिलो सुरु गरिएको छ ।

इतर समूहका उपाध्यक्ष पदका उमेदवार सागर थापाले मतदान सुरु भएको र मतदाता लाइन लागेर उत्साहजनक रूपमा सहभागी भइरहेका जानकारी दिए ।

निर्वाचनबाट १६५ सदस्यीय नयाँ नेतृत्व चयन गरिनेछ । ९१४ मतदाता छन् ।

संस्थापन र इतर समूह प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । पाँच पदाधिकारीसहित १६५ सदस्यीय जिल्ला समितिमा ७१ सदस्य सर्वसम्मत निर्वाचित भएका छन् ।

सुरुमा ३२५ जनाले मनोनयन दर्ता गराएका थिए । ६३ जनाले उमेदवारी फिर्ता लिए । चुनावी मैदानमा १९१ जना छन् ।

निर्वाचनमा संस्थापन पक्षबाट अध्यक्ष पदमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र ईजालाल राजवंशीले उमेदवारी दिएका छन् ।

यस्तै, इतर समूहबाट अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष बान्तवा र उषा झा उमेदवार छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 32

प्रतिक्रिया (०)